नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचाररत रहेका श्रेष्ठको उपचारकै क्रममा मंगलबार निधन भएको हो।
श्रेष्ठ लामो समयदेखि क्यान्सरसँग जुधिरहेका थिए। केही दिनअघि मात्रै नेपाली कांग्रेसले उनलाई पार्टीको वरिष्ठ नेता घोषणा गरेको थियो। उनले कांग्रेसमा कार्यवाहक सभापति, उपसभापति तथा विभिन्न जिम्मेवारी सम्हाल्नुका साथै उपप्रधानमन्त्री र विभिन्न मन्त्रालयको नेतृत्व समेत गरेका थिए।
उनको निधनसँगै नेपाली राजनीतिक वृत्तमा शोक छाएको छ। पार्टीका नेता, कार्यकर्ता तथा विभिन्न राजनीतिक दलका नेताहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबारे जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी प ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!