यस वर्षको विश्व हात्ती दिवसको नारा ‘सुरक्षित तथा वातावरणमैत्री करिडोर, सुरक्षित हात्ती’ रहेको छ। नाराले हात्ती संरक्षणका लागि वन क्षेत्रसँगै उनीहरूको प्राकृतिक आवागमन मार्गलाई सुरक्षित राख्नुपर्ने आवश्यकता औँल्याएको छ।
नेपालमा हाल करिब २५० देखि ४०० वटा वन्य हात्ती रहेको अनुमान गरिएको छ। त्यस्तै, करिब २०० वटा घरपालुवा हात्ती रहेको बताइन्छ। वन्य हात्तीको संरक्षण र मानव–हात्तीबीच हुने द्वन्द्व न्यूनीकरणका लागि सरकारले दसवर्षे कार्ययोजना अघि सारेको छ।
हात्तीको प्राकृतिक बासस्थान र आवागमन मार्गमा मानवीय गतिविधि बढ्दा मानव–हात्ती द्वन्द्वका घटना बढ्ने गरेका छन्। त्यसैले वन क्षेत्र, जैविक मार्ग र हात्तीका परम्परागत आवागमन करिडोर संरक्षण गर्दै स्थानीय समुदायको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ।
विशेषज्ञहरूका अनुसार हात्तीको दीर्घकालीन संरक्षणका लागि वन्यजन्तुको बासस्थान संरक्षणसँगै सुरक्षित करिडोर निर्माण, स्थानीय समुदायसँग सहकार्य र मानव–हात्ती द्वन्द्व न्यूनीकरणका प्रभावकारी उपाय आवश्यक छन्।
अध्यागमन विभागले नेपाली नागरिकको अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थानसम्बन्धी विवरण अब नागरिक एपमार्फत ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!