काठमाडौं । संयुक्त अरब इमिरेट्स (UAE) सरकारले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको सहयोगका लागि पठाएको ८० टन राहत सामग्री नेपाल सरकारले शनिबार राति करिब ११:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुझेकोछ।
उक्त राहत सामग्री हस्तान्तरण तथा ग्रहणका क्रममा भारी वर्षा भइरहेको थियो। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै यूएईको सहयोगप्रति आभार व्यक्त गरेका छन्।
मन्त्री पुनका अनुसार सोमबार अर्को कार्गो विमानमार्फत थप राहत सामग्री नेपाल आउनेछ। हालैको विपद्पछि विभिन्न मित्रराष्ट्र र अन्तर्राष्ट्रिय निकायहरूले नेपाललाई राहत तथा मानवीय सहायता उपलब्ध गराइरहेका छन्।
बाढी र पहिरोबाट प्रभावित क्षेत्रहरूमा राहत, उद्धार तथा पुनःस्थापनाका कार्यलाई तीव्र बनाउने उद्देश्यले प्राप्त सामग्री सम्बन्धित निकायमार्फत वितरण गरिने जनाइएको छ।
चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!