चर्चामा
झापा । बिर्तामोड नगरपालिका-५ मा एक युवतीलाई हातखुट्टा र घाँटी बाँधेर पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको किशनगञ्ज जिल्ला, कदमगाछीका ४२ वर्षीय दिलिप चन्द्र राय रहेका छन्। उनी बिर्तामोड-५ स्थित इलाम स्टेनमा रहेको अमृत भोग मिठाई पसलमा काम गर्दै आएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार असोज १२ गते राति करिब १०ः३० बजे राय मादक पदार्थ सेवन गरी पेट्रोल बोकेर २२ वर्षीया रविना मगरको डेरामा प्रवेश गरेका थिए। त्यसपछि तन्ना च्याती मगरको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको आरोप छ। घटनाबारे सूचना पाएपछि पुगेको प्रहरीले रायलाई नियन्त्रणमा लिएको हो। घटनामा घाइते भएकी मगरलाई उपचारका लागि मनमोहन अस्पताल, बिर्तामोड लगिएको र उपचार भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका रायमाथि घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलास गठनमा न्यायाधीशहरूबीच मतभेद र बहिष्कारका कारण सुनुवाइ प्रभावित ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!