चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज देशका विभिन्न भूभागमा मौसम बदली भई वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुनसक्ने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात तथा पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ।यस्तै, मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा समेत केही स्थानमा मध्यम वर्षा हुनसक्ने जनाइएको छ।काठमाडौंमा आज अधिकतम तापक्रम २९–३१ डिग्री सेल्सियस रहने र वर्षाको सम्भावना ३० प्रतिशत रहेको मौसम विभागले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नेप्सेमा सामान्य सुधार, कारोबार रकम साढे ७ अर्ब नाघ्यो
1 हप्ता अगाडि

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेक ...

छुटाउनुभयो कि ?

TOP