चर्चामा
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी बढाउन आग्रह गरेका छन्।
ऊर्जा क्षेत्रलाई अनुदान र सीमित आयोजनामा मात्र केन्द्रित नराखी रोजगारी सिर्जना, उत्पादन वृद्धि र आर्थिक गतिविधि विस्तारको माध्यमका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिएका हुन्।
मन्त्री श्रेष्ठका अनुसार नवीकरणीय ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउन सके ऊर्जा उत्पादन विस्तार हुनुका साथै नयाँ रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ। यसले मुलुकको समग्र आर्थिक गतिविधिलाई समेत गति दिन सहयोग पुर्याउने उनको भनाइ छ।
ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उनको धारणा छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!