पत्रकारितासम्बन्धी सामग्री राख्ने इन्फ्लुएन्सर पनि प्रेस काउन्सिलको नियमनमा

पत्रकारितासम्बन्धी सामग्री राख्ने इन्फ्लुएन्सर पनि प्रेस काउन्सिलको नियमनमा

काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको कार्यक्षेत्र विस्तार गर्दै सामाजिक सञ्जालमार्फत पत्रकारितासम्बन्धी सामग्री प्रकाशन गर्ने व्यक्ति, कन्टेन्ट क्रिएटर तथा इन्फ्लुएन्सरलाई समेत नियमनको दायरामा ल्याएको छ। सरकारले प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न अध्यादेश ल्याएसँगै फेसबुक, युट्युब, टिकटक र एक्सजस्ता डिजिटल प्लेटफर्ममा प्रकाशित हुने समाचार सामग्रीसमेत पत्रकार आचारसंहिताको दायरामा आउने भएका छन्।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ऐन संशोधनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो। नयाँ व्यवस्थाले परम्परागत छापा तथा प्रसारण माध्यममा सीमित प्रेस काउन्सिलको नियमन अधिकारलाई डिजिटल माध्यमसम्म विस्तार गरेको छ।

अध्यादेशअनुसार सञ्चारमाध्यमका रूपमा दर्ता भएका संस्थाले सञ्चालन गर्ने आधिकारिक सामाजिक सञ्जाल खाताबाट प्रकाशित समाचार, शीर्षक, तस्बिर, भिडियो, थम्बनेल, क्याप्सन तथा प्रत्यक्ष प्रसारणको सम्पादकीय जिम्मेवारी सम्बन्धित सञ्चारमाध्यमकै हुनेछ।

त्यस्तै, आफूलाई पत्रकार नभई सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर वा इन्फ्लुएन्सरका रूपमा चिनाए पनि पत्रकारितासम्बन्धी काम गर्ने व्यक्तिले पत्रकार आचारसंहिता पालना गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्ता सामग्रीबारे उजुरी परेमा प्रेस काउन्सिलले छानबिन गरी आवश्यक कारबाही गर्न सक्नेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP