चर्चामा
सर्लाहीको मलंगवा मालपोत कार्यालयमा कार्यरत एक नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयमा कार्यरत नायब सुब्बा निर्मल तिमिल्सिनालाई घुस रकमसहित नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार जग्गाको मोही नामसारी तथा बाँडफाँटसम्बन्धी काममा सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग एक लाख रुपैयाँ मागेका थिए। सोही सूचनाका आधारमा खटिएको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका तिमिल्सिनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!