कात्तिक १३ देखि काठमाडौंमा चलचित्रको महाकुम्भ

कात्तिक १३ देखि काठमाडौंमा चलचित्रको महाकुम्भ

काठमाडौ ।काठमाडौं महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ।

मंगलबार पत्रकार सम्मेलन गर्दै महानगरपालिकाले पुराना पुस्ताका कलाकारलाई सम्मान गर्दै नयाँ पुस्तामा कला हस्तान्तरण गर्ने उद्देश्यले तीनदिने फिल्म फेस्टिभल आयोजना गर्न लागेको जनाएको हो।

फेस्टिभलमा भारतीय चलचित्र उद्योगकी चर्चित अभिनेत्री शबाना आजमी तथा सांघाई फिल्म एकेडेमी र फिल्म आर्ट्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलरलगायत अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका दिग्गज व्यक्तित्वहरूको सहभागिता रहने महानगरले जनाएको छ।

नेपाली चलचित्रको इतिहास संरक्षण गर्ने उद्देश्यले सन् १९७० र ८० को दशकमा निर्माण भएका नेपाली कथानक चलचित्र ‘कुमारी’ र ‘के घर के डेरा’ को विशेष प्रदर्शनसमेत गरिने भएको छ।

स्थानीय कलाकार तथा चलचित्र क्षेत्रका पेसाकर्मीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पहुँच विस्तार गर्ने लक्ष्य राखिएको यस फेस्टिभलले नेपाली चलचित्रको प्रवर्द्धन र नयाँ पुस्तामा कला हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने महानगरको अपेक्षा छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मियामी विमानस्थलमा यात्रुवाहक र कार्गो विमान ठोक्किए, दुई यात्रु घाइते
11 घण्टा अगाडि

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...

छुटाउनुभयो कि ?

TOP