बहुविवाह मुद्दामा दोषी ठहर गुरुङ सात वर्षपछि पक्राउ

बहुविवाह मुद्दामा दोषी ठहर गुरुङ सात वर्षपछि पक्राउ

स्याङ्जा । बहुविवाह मुद्दामा दोषी ठहर भई फरार रहेका स्याङ्जाका एक व्यक्ति सात वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा फेदीखोला गाउँपालिका-२ का ४२ वर्षीय बालसिंह गुरुङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार गुरुङलाई कात्तिक ७ गते फेदीखोला प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

उनीविरुद्ध स्याङ्जा जिल्ला अदालतले २०७६ वैशाख १२ गते बहुविवाह मुद्दामा एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। उक्त फैसलाविरुद्ध पुनरावेदन परेपछि उच्च अदालत पोखराले २०७६ मंसिर ९ गते जिल्लाकै फैसला सदर गरेको थियो।

मुद्दाको अनुसन्धानका क्रममा गुरुङ २०७५ साउन ६ देखि २६ गतेसम्म प्रहरी हिरासतमा बसेका थिए। उक्त अवधि कैदबाट कट्टा गर्दा उनले ११ महिना ९ दिन कैद भुक्तान गर्न बाँकी रहेको अदालतको अभिलेखमा उल्लेख छ। साथै, पाँच हजार रुपैयाँ जरिवानासमेत असुल गर्नुपर्नेछ।

पक्राउ परेका गुरुङलाई कात्तिक ९ गते स्याङ्जा जिल्ला अदालतमा पेस गरिएको थियो। अदालतको आदेशअनुसार बाँकी कैद भुक्तान र जरिवाना असुल गर्न उनलाई कारागार कार्यालय स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छठ मनाउन कांग्रेस सभापति गगन थापा सर्लाहीमा
10 घण्टा अगाडि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन आइतबार सर्लाही पुगेका छन्। उनी सिमरा विमानस्थल ...

छुटाउनुभयो कि ?

TOP