कर्णाली याक्सको शानदार जित, जनकपुर १९ रनले पराजित

कर्णाली याक्सको शानदार जित, जनकपुर १९ रनले पराजित

काठमाडौ ।राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १३३ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ११३ रन मात्रै बनाउन सक्यो। जनकपुरका अभिषेक तिवारीले २०, कप्तान हर्मित सिंह र मोइल अलीले समान १९ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। कर्णालीका युनिश ठकुरी र हुसेन तलतले समान ३ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको थियो। कर्णालीका अरिफुल स्लामले सर्वाधिक ४३ र पवन सराफले ३७ रनको योगदान दिएका थिए। जनकपुरका कप्तान हर्मित सिंहले ३ तथा राहुल यादव र मोइल अलीले समान २ विकेट लिए।

आजै भएको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले पराजित गरेको थियो।

प्रतियोगिताअन्तर्गत भोलि बेलुका ५ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन्। प्रतियोगिताको फाइनल मंसिर ५ गते हुनेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मियामी विमानस्थलमा यात्रुवाहक र कार्गो विमान ठोक्किए, दुई यात्रु घाइते
11 घण्टा अगाडि

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...

छुटाउनुभयो कि ?

TOP