ललितपुरमा राँगा बोकेको ट्रक दुर्घटना, पाँचवटा मरे; चालक फरार

ललितपुरमा राँगा बोकेको ट्रक दुर्घटना, पाँचवटा मरे; चालक फरार

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–९ छम्पीस्थित होली ट्याम्पलमा राँगा बोकेको ट्रक दुर्घटना हुँदा पाँचवटा राँगा मरेका छन्।

छम्पीबाट भैंसेपाटीतर्फ जाँदै गरेको ना.५ ख ३९२० नम्बरको ट्रक सडक किनारामा कोल्टे परेर दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश सुवेदीले जानकारी दिएका छन्।

उक्त ट्रकमा २७ वटा राँगा लोड गरिएको थियो। दुर्घटनामा पाँचवटा राँगा मरेका छन् भने अन्य राँगाको अवस्थाबारे थप विवरण सार्वजनिक भएको छैन।

दुर्घटनापछि ट्रक चालक फरार भएका छन्। प्रहरीले फरार चालकको खोजी गरिरहेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छठ मनाउन कांग्रेस सभापति गगन थापा सर्लाहीमा
10 घण्टा अगाडि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन आइतबार सर्लाही पुगेका छन्। उनी सिमरा विमानस्थल ...

छुटाउनुभयो कि ?

TOP