चर्चामा
काठमाडौँ । विदेशमा रहेर विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका नेपालीसहित क्यानाडेली तथा एसियाली मूलका व्यक्तित्वलाई सम्मान गर्न क्यानाडाको टोरन्टोमा ‘प्रोफेसनल अचिभमेन्ट अवार्ड क्यानाडा २०२६’ आयोजना हुने भएको छ।
सिजन मिडिया प्रालिको आयोजनामा आगामी नोभेम्बर १ मा हुने कार्यक्रममा व्यवसाय, स्वास्थ्य, रियल इस्टेट, कला, मनोरञ्जन, पत्रकारिता, शिक्षा, सूचना प्रविधि, सामाजिक सेवा तथा सामुदायिक नेतृत्वलगायतका क्षेत्रमा योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सम्मान गरिनेछ।
आयोजककी कार्यक्रम निर्देशक रेजिना तुलाधरका अनुसार अवार्डका लागि सम्बन्धित क्षेत्रका विज्ञ, सञ्चारकर्मी तथा नेपाल, क्यानाडा, अमेरिका र अन्य देशका विशिष्ट व्यक्तित्वको सुझाव र मूल्याङ्कनका आधारमा छनोट गरिनेछ।
यसअघि अक्टोबर २५ मा आयोजना गर्ने तय भएको कार्यक्रम दसैँका कारण सारिएको हो। कार्यक्रम क्यानाडाको ओन्टारियोस्थित जर्जटाउनको तन्दुरी टिक्का लाउन्जमा स्थानीय समयअनुसार मध्याह्न १२ बजेदेखि सञ्चालन हुनेछ।
कार्यक्रमले प्रवासमा रहेका नेपाली तथा एसियाली समुदायका सफल व्यक्तित्वको योगदानलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनुका साथै व्यावसायिक सम्बन्ध, सहकार्य र अनुभव आदानप्रदानका अवसर विस्तार गर्ने अपेक्षा आयोजकले गरेको छ।
सिजन मिडिया प्रालिले विगत १८ वर्षदेखि नेपालसहित मलेसिया, दुबई र अस्ट्रेलियालगायतका देशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन आइतबार सर्लाही पुगेका छन्। उनी सिमरा विमानस्थल ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!