चर्चामा
काठमाडौं । काठमाडौंको थानकोटबाट प्रहरीले बरामद गरेको चाँदीको परिमाण ६९ किलो पुगेको छ। भन्सार छली गरेर ल्याइएको उक्त चाँदीको बजार मूल्य २ करोड ३६ लाख ३२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार भारतीय नागरिक अमन सर्राफलाई चाँदीसहित पक्राउ गरेको थियो। प्रारम्भिक अनुमानमा करिब ६० किलो चाँदी रहेको भनिए पनि आवश्यक प्रक्रिया पूरा गरी तौल गर्दा ६९ किलो पुगेको कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिएका छन्।
बिहारको रक्सौल घर भएका सर्राफले थानकोटमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनले मोटरसाइकलमा फल्स बटम बनाएर चाँदी ओसारपसार गर्ने गरेको खुलेको छ।
यसअघि उनका बुवा रमेश कुमार साह र आमा चन्दा सोनीलाई मकवानपुर प्रहरीले हेटौँडाबाट १४ किलो चाँदीसहित पक्राउ गरेको थियो। उनीहरू पक्राउ परेपछि प्रहरीले अमनलाई पनि नियन्त्रणमा लिएको हो। अमनको पसल र डेरामा खानतलासी गर्दा थप चाँदी फेला परेको प्रहरीले जनाएको छ।
बरामद चाँदी र पक्राउ परेका सर्राफलाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइने एसएसपी खड्काले बताएका छन्।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!