पाकिस्तानले एनओसी नदिँदा एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा

पाकिस्तानले एनओसी नदिँदा एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अनापत्ति प्रमाणपत्र (एनओसी) नदिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा अनुबन्धित पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा परेको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पाकिस्तानी खेलाडीको एनओसी अहिलेसम्म प्राप्त नभएको बताएका छन्। उनका अनुसार पीसीबीले यस विषयमा कुनै जवाफ दिएको छैन।

चन्दले एनओसी नआए खेलाडीलाई जबर्जस्ती खेलाउन नसकिने स्पष्ट पारेका छन्। उनले फ्रेन्चाइज क्रिकेटको सम्भावना बोकेको लिगलाई कमजोर बनाउने कदमका रूपमा पीसीबीको व्यवहारको आलोचनासमेत गरेका छन्।

समाचारअनुसार पीसीबीले एनपीएल खेल्न नेपाल आएका पाकिस्तानी खेलाडीलाई एनओसी दिन थप २५ हजार अमेरिकी डलर मागेको थियो। यसले पाकिस्तानी खेलाडीको सहभागिताबारे थप अन्योल सिर्जना गरेको छ।

एनपीएलका तीन टोली कर्णाली याक्स, जनकपुर बोल्ट्स र चितवन राइनोजले पाकिस्तानी खेलाडी अनुबन्ध गरेका छन्। कर्णालीमा साहिबजादा फरहान र हुसेन तलत, जनकपुरमा इफ्तिखार अहमद र हुनैन शाह तथा चितवनमा उसामा मिर, हसन अली र मोहम्मद नवाज अनुबन्ध भएका थिए।

साहिबजादा फरहान भने स्वदेश फर्किसकेका छन्। अन्य खेलाडीको सहभागिताबारे निर्णय नहुँदा सम्बन्धित टोलीलाई विदेशी खेलाडीको कोटा व्यवस्थापन गर्नसमेत चुनौती देखिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छठ मनाउन कांग्रेस सभापति गगन थापा सर्लाहीमा
10 घण्टा अगाडि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन आइतबार सर्लाही पुगेका छन्। उनी सिमरा विमानस्थल ...

छुटाउनुभयो कि ?

TOP