भारतको गुवाहाटीमा गोली चल्दा पाँच जनाको मृत्यु, एक घाइते

भारतको गुवाहाटीमा गोली चल्दा पाँच जनाको मृत्यु, एक घाइते

१० कात्तिक, काठमाडौं । भारतको असम राज्यस्थित गुवाहाटीमा होटल सञ्चालनसम्बन्धी विवादले हिंसात्मक रूप लिँदा गोली लागेर पाँच जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार राति करिब ९ बजे गुवाहाटीको जीएस रोडस्थित बोरा सर्भिसनजिकै रहेको होटल बिलास इनमा घटना भएको हो । होटलका मालिक र लिजमा लिएर सञ्चालन गर्ने व्यक्तिबीच भएको विवादका क्रममा गोली चलेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार घटनामा छ जनालाई गोली लागेको थियो । गुवाहाटीका प्रहरी आयुक्त पार्थ सारथी महन्तले पाँच जनाको मृत्यु भएको पुष्टि गरेका छन् । मृतकमध्ये एकै परिवारका चार जना रहेको जनाइएको छ ।

घटनापछि प्रहरीले एक जनालाई पक्राउ गरेको एएनआईले जनाएको छ । घटनामा प्रयोग गरिएको ३२ बोरको लाइसेन्स प्राप्त पेस्तोलसमेत बरामद गरिएको प्रहरीले बताएको छ ।

प्रहरी मुख्यालयबाट करिब दुई किलोमिटर दूरीमा रहेको होटलमा भएको घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छठ मनाउन कांग्रेस सभापति गगन थापा सर्लाहीमा
10 घण्टा अगाडि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन आइतबार सर्लाही पुगेका छन्। उनी सिमरा विमानस्थल ...

छुटाउनुभयो कि ?

TOP