भक्तपुरको कौशल्टार चोकमा गुडिरहेको सार्वजनिक बसमा अचानक आगलागी !

भक्तपुरको कौशल्टार चोकमा गुडिरहेको सार्वजनिक बसमा अचानक आगलागी !

भक्तपुरको व्यस्त कौशल्टार चोकमा गुडिरहेको अवस्थामा एक सार्वजनिक बसमा अचानक आगलागी भएको छ।  चालु अवस्थामा रहेको उक्त बसबाट अचानक बाक्लो धुवाँ निस्किएर आगो लागेपछि सडकमा केही समय भागदौड र त्रासको स्थिति सिर्जना भएको थियो। घटनाको खबर पाएसँगै स्थानीय बासिन्दा, नेपाल प्रहरी र सुरक्षाकर्मीहरू तुरुन्तै घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिन र सहयोग जुटाउन जुट, यातायात र पैदलयात्रुहरूलाई सुरक्षित दूरीमा राखिएको थियो।   

चलिरहेको बसमा अचानक आगलागी हुनुको कारणबारे विस्तृत विवरण आउन बाँकी छ भने मानवीय क्षतिको आधिकारिक विवरण पनि थप अनुसन्धानपछि मात्र खुल्नेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP