विराटनगरमा २० लाखको भारतीय स्कार्पियो बेवारिसे अवस्थामा फेला

विराटनगरमा २० लाखको भारतीय स्कार्पियो बेवारिसे अवस्थामा फेला

विराटनगर । मोरङको विराटनगरमा करिब २० लाख रुपैयाँ मूल्य पर्ने भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी बेवारिसे अवस्थामा फेला परेको छ । आवश्यक कागजात नभेटिएपछि प्रहरीले उक्त गाडी नियन्त्रणमा लिएर भन्सार कार्यालय पठाएको छ ।

विराटनगर महानगरपालिका-४ नहरचोकस्थित सडक किनारमा सोमबार गाडी फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरी टोलीले दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको गाडी रोक्न खोज्दा चालक गाडी छाडेर फरार भएका थिए ।

प्रहरीका अनुसार महिन्द्रा कम्पनीको सेतो रङको बीआर ११ पीए ४२५४ नम्बरको स्कार्पियोमा आवश्यक कागजात फेला परेको छैन । त्यसैले गाडी भन्सार छली गरेर नेपाल भित्र्याइएको हुन सक्ने आशंका गरिएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गाडी विराटनगर भन्सार कार्यालयमा पठाइएको छ । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP