चर्चामा
काठमाडौं । साउदी अरेबियाको सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनसमेत अनुरोध गरेको छ ।
दूतावासले पाँचबुँदे सूचना जारी गर्दै साउदी अरेबियाका आधिकारिक निकायबाट जारी हुने सुरक्षा निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको हो । विशेषगरी सुरक्षा चेतावनी जारी भएको अवस्थामा बाहिर ननिस्कन नेपाली नागरिकलाई सचेत गराइएको छ ।
दूतावासले सामाजिक सञ्जालमा अपुष्ट सूचना, समाचार, तस्बिर तथा भिडियो पोस्ट वा सेयर नगर्न पनि अनुरोध गरेको छ । आधिकारिक निकायबाट पुष्टि नभएका सामग्री अरूलाई पठाउँदा सुरक्षा संवेदनशीलता बढ्न सक्ने भएकाले यसतर्फ विशेष ध्यान दिन आग्रह गरिएको छ ।
त्यस्तै, नेपाल वा अन्य देशको हवाई यात्रा गर्ने तयारीमा रहेकाहरूलाई उडानको समयतालिका परिवर्तन भए-नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट यकिन गरेर मात्र विमानस्थल जान सुझाव दिइएको छ ।
सुरक्षा अवस्था वा अन्य कारणले आवश्यक परेमा नेपाली नागरिकले रियादस्थित नेपाली राजदूतावास वा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख छ ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!