चर्चामा
काठमाडौं । सामान्यतया विद्यालयमा शिक्षक, कर्मचारी र सुरक्षागार्डले काम गरेको देखिन्छ । तर अमेरिकाको एउटा विद्यालयमा भने बिरालोले पनि विशेष जिम्मेवारी पाएको छ । उसको काम हो-विद्यार्थीलाई तनाव कम गर्न सहयोग गर्ने र विद्यालयको वातावरण रमाइलो बनाउने ।
अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित नर्थ प्रोभिडेन्सको डा. एडवर्ड ए. रिची मिडिल स्कुलमा 'पाइनकोन' नामको बिरालो विद्यार्थीमाझ लोकप्रिय बनेको छ । कला विषयकी शिक्षिका कायले स्मिथले आफ्नो बिरालोलाई विद्यालय लैजान थालेपछि उसले विद्यार्थीलाई शान्त र सहज महसुस गराउन सहयोग गरेको अनुभव गरिन् ।
त्यसपछि पाइनकोनलाई थेरापी एनिमलका रूपमा विद्यालयमा नियमित रूपमा लैजान थालियो । ऊ पहेँलो भेस्ट लगाएर हप्तामा करिब तीन पटक विद्यालय पुग्छ । मुख्य रूपमा कला कक्षामा बस्ने पाइनकोन अन्य कक्षाकोठा र विद्यालयका गल्लीमा पनि घुम्छ ।
विद्यार्थी तनावमा हुँदा वा मन खिन्न भएका बेला पाइनकोनसँग समय बिताउन सक्छन् । उसलाई सुम्सुम्याउने र केही समय शान्तसँग बस्ने अवसरले विद्यार्थीलाई सहज महसुस गर्न मद्दत गर्छ । शिक्षक स्मिथका अनुसार बिरालोको उपस्थितिले कक्षाको वातावरणसमेत शान्त बनाउन सहयोग गरेको छ ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!