चर्चामा
काठमाडौं। डीआईजी दीपेन्द्र शाह नेतृत्वको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा काठमाडौंमा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।
२०८३ साल कात्तिक ९ गते राति ९ बजेर ४५ मिनेटमा प्रहरी नायब उपरीक्षक सुवर्ण थापाको कमाण्डमा खटिएको टोलीले काठमाडौं महानगरपालिका–३२ स्थित विश्राम गेस्टहाउसको दोस्रो तल्लाको कोठा नम्बर ६ मा छापा मारेको थियो। सो क्रममा पाँचथरको फालेलुङ गाउँपालिका–५ निवासी ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उपलब्ध विवरणअनुसार उनीहरूलाई बेचबिखनसम्बन्धी घटनाको क्रममा लागूऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो।
प्रहरीले उनीहरूको साथबाट करिब १२० ग्राम ब्राउन सुगर, दुई थान एन्ड्रोइड मोबाइल, भारतीय रुपैयाँ १ हजार ५००, अमेरिकी डलर १ र नेपाली रुपैयाँ ९०० बरामद गरेको विवरणमा उल्लेख छ।
नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरी बलको नम्बर २० गणमा बुझाइएको जनाइएको छ।
लागूऔषध तथा बेचबिखनसम्बन्धी घटनामा थप अनुसन्धान भइरहेको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!