सहकारी पीडितको रकम फिर्ता र भूमिहीनको समस्या समाधान सरकारको प्राथमिकतामा

सहकारी पीडितको रकम फिर्ता र भूमिहीनको समस्या समाधान सरकारको प्राथमिकतामा

चितवन । सहकारीमा बचत गरेको रकम फिर्ता नपाएर समस्यामा परेका नागरिकको समस्या समाधान गर्न सरकारले पहल अघि बढाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले चितवन पुगेर सहकारी पीडित तथा भूमिहीन नागरिकका समस्या सुन्दै समाधानका उपायबारे छलफल गरेकी छन्।

मन्त्री रावलले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु भइसकेको बताउँदै यसलाई थप तीव्र बनाइने जानकारी दिइन्। लामो समयदेखि आफ्नो बचत फिर्ता नपाएका नागरिकलाई राहत दिन सरकार गम्भीर रहेको उनको भनाइ छ।

उनले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई जवाफदेही बनाउनुपर्ने आवश्यकता पनि औँल्याइन्। सहकारी पीडितले भोगिरहेका समस्या समाधानका लागि आवश्यक पहल गरिने उनले बताइन्।

त्यस्तै, भूमिहीन तथा सुकुमबासी नागरिकको समस्या समाधान गर्न देखिएका कानुनी र नीतिगत जटिलता हटाएर अघि बढ्ने सरकारको योजना रहेको मन्त्री रावलले बताइन्। लामो समयदेखि जग्गाधनी पुर्जाको प्रतीक्षामा रहेका नागरिकलाई पुर्जा उपलब्ध गराउने विषयमा पनि सरकारले काम गरिरहेको उनको भनाइ छ।

चितवन भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी, सहकारी पीडित र स्थानीय नागरिकसँग छलफल गरेकी हुन्। सरकारले नागरिकका समस्या सुनेर समाधानको बाटो खोज्ने उद्देश्यले यस्ता भेटघाटलाई अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP