चर्चामा
काठमाडौ ।साउदी अरबमाथि यमनका हुथी विद्रोहीले क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन् । हुथी विद्रोहीले प्रहार गरेका तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र र चारवटा ड्रोन आफ्नो हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको साउदी नेतृत्वको सैन्य गठबन्धनले जनाएको छ ।
मंगलबार पूर्वी तथा दक्षिणी क्षेत्रमा लक्षित गरी आक्रमण गरिएको गठबन्धनले जनाएको हो । आक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै साउदी नागरिक सुरक्षा निकायले पूर्वी क्षेत्र र अल खर्ज क्षेत्रमा पूर्वचेतावनीसमेत जारी गरेको थियो ।
यसअघि राजधानी रियादमा प्रहार गरिएका दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र पनि साउदी हवाई प्रतिरक्षा प्रणालीले खसालेको थियो । तर, खसालिएका क्षेप्यास्त्रका अवशेष खस्दा एउटा भवन, निर्माणाधीन संरचना र सवारीसाधनमा भौतिक क्षति पुगेको साउदी नागरिक सुरक्षा निकायले जनाएको छ । उक्त घटनामा मानवीय क्षति भने भएको छैन ।
यमनमा हुथी विद्रोहीले रणनीतिक महत्त्वका क्षेत्र कब्जा गर्दै लालसागर आसपास आफ्नो प्रभाव विस्तार गरेपछि साउदी अरबले सैन्य कारबाही तीव्र बनाएको छ । त्यसको जवाफमा हुथी विद्रोहीले साउदीका विभिन्न क्षेत्रमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरिरहेका छन् ।
यससँगै सन् २०२२ मा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविरामसमेत प्रभावहीन बनेको छ । पछिल्लो तनावले मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनाएको छ भने विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग र तेल आपूर्तिमा समेत असर पर्ने चिन्ता बढाएको छ ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!