बागमती प्रदेशमा दसैँमा सवारी दुर्घटना घटे, मृत्यु हुनेको सङ्ख्या बढ्यो

बागमती प्रदेशमा दसैँमा सवारी दुर्घटना घटे, मृत्यु हुनेको सङ्ख्या बढ्यो

चितवन । बागमती प्रदेशका १० जिल्लामा यस वर्षको विजयादशमी अवधिमा सवारी दुर्घटनाको सङ्ख्या घटे पनि दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या भने बढेको छ। गत वर्षको तुलनामा यस वर्ष दुर्घटना १० वटाले घट्दा मृत्यु हुनेको सङ्ख्या पाँचबाट बढेर १५ पुगेको हो।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार यस वर्ष असोज २५ देखि कात्तिक ८ गतेसम्म १२५ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने २९३ जना घाइते भएका छन्।

गत वर्ष २०८२ को सोही अवधिमा १३५ वटा दुर्घटना भएका थिए। ती दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै ३३२ जना घाइते भएका थिए।

यस वर्षको दसैँमा सिन्धुलीमा सुमो दुर्घटना हुँदा ठूलो क्षति भएको सारुले जानकारी दिए। उक्त दुर्घटनामा परेका तीन जना अझै बेपत्ता रहेको उनले बताए। उनका अनुसार दसैँ अवधिमा काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी दुर्घटना भएका छन्।

यस वर्ष भएका दुर्घटनामध्ये ९८ वटा मोटरसाइकलका कारण भएका छन्। ती दुर्घटनामा आठ जनाले ज्यान गुमाएका छन्। मोटरसाइकल दुर्घटनाको जोखिम बढ्दै गएको उल्लेख गर्दै सारुले सवारी चलाउँदा सावधानी अपनाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP