चिर्पट प्रहारबाट घाइते ६२ वर्षीय वृद्धको मृत्यु

चिर्पट प्रहारबाट घाइते ६२ वर्षीय वृद्धको मृत्यु

सुर्खेत । सुर्खेतको गुर्भाकोटमा दाउराको चिर्पट प्रहारबाट गम्भीर घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ।

प्रहरीका अनुसार मंगलबार गुर्भाकोट नगरपालिका-८ सुन्दरनगरमा स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय परियारको घरको आँगनमा राजीमाथि दाउराको चिर्पट प्रहार गरेका थिए। प्रहारबाट राजीको टाउको र बायाँ खुट्टामा चोट लागेको थियो।

घाइते राजीलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको थियो। त्यहाँ उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो।

घटनामा संलग्न भनिएका विकमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मियामी विमानस्थलमा यात्रुवाहक र कार्गो विमान ठोक्किए, दुई यात्रु घाइते
10 घण्टा अगाडि

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...

छुटाउनुभयो कि ?

TOP