मोरङमा ३१ किलो गाँजासहित दुई जना पक्राउ, नगद र मोटरसाइकल बरामद

मोरङमा ३१ किलो गाँजासहित दुई जना पक्राउ, नगद र मोटरसाइकल बरामद

मोरङ । मोरङको बेलबारीमा प्रहरीले ३१ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ६३ हजार ५०५ रुपैयाँ नगद र गाँजा ओसार्न प्रयोग गरिएको मोटरसाइकलसमेत बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार बिहान करिब ४ बजे बेलबारी नगरपालिका-६ स्थित सोमबारेमा सवारीसाधन जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा धनकुटाको चौबिसे गाउँपालिका-७ निवासी ३५ वर्षीय आइतबहादुर राई र सोही स्थानका सन्देश परियार रहेका छन्।

अस्थायी प्रहरी चौकी सोमबारेबाट खटिएको टोलीले प्रदेश १-०२-०४० प ९१९१ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा ३० किलो ९९० ग्राम गाँजा फेला पारेको प्रहरीले जनाएको छ। मोटरसाइकल राईले चलाएका थिए भने परियार पछाडि सवार थिए।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार दुवै जनालाई गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP