चर्चामा
काठमाडौँ । मलेसियाले नेपालका सबै इजाजतप्राप्त म्यानपावर कम्पनीमार्फत कामदार भर्ना गर्ने नेपालको प्रस्ताव अस्वीकार गरेको छ। मलेसियाले सीमित म्यानपावर कम्पनीमार्फत मात्रै नेपाली कामदार लैजाने पुरानै व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको हो।
मलेसियाका मानव संसाधनमन्त्री दातो श्री रामानन रामाकृष्णनले नेपालका श्रममन्त्री रामजी यादवलाई पठाएको पत्रमा नेपालको प्रस्ताव मन्त्रिपरिषद्मा छलफल गरिए पनि पुरानै प्रणाली कायम राख्ने निर्णय भएको उल्लेख छ।
नेपालले गत सेप्टेम्बर ११ मा कूटनीतिक नोट र सेप्टेम्बर २४ मा दुई मन्त्रीबीच भएको टेलिफोन वार्तामार्फत नेपालका १ हजार ११४ सक्रिय म्यानपावर कम्पनीलाई मलेसियाको विदेशी कामदार व्यवस्थापन प्रणालीमा मुख्य एजेन्सीका रूपमा आबद्ध गर्न आग्रह गरेको थियो।
तर, मलेसियाले २५ वटा मुख्य म्यानपावर कम्पनी र प्रत्येकका लागि १० वटा सहयोगी कम्पनीमार्फत मात्रै कामदार भर्ना गर्ने निर्णय गरेको छ।
मलेसियाले सीमित कम्पनीमार्फत कामदार भर्ना गर्दा अनुगमन, लेखापरीक्षण र नियमन सहज हुने दाबी गरेको छ। यसबाट कामदारका गुनासा तथा श्रम विवाद छिटो समाधान गर्न र अत्यधिक शुल्क असुली, सम्झौता परिवर्तन तथा अन्य शोषणका जोखिम कम गर्न सकिने उसको तर्क छ।
डिजिटल प्रणालीलाई व्यवस्थित बनाउने, पारदर्शिता बढाउने र नक्कली कागजातको प्रयोग रोक्ने उद्देश्यले राम्रो कार्यसम्पादन र आर्थिक अवस्था भएका कम्पनीलाई मात्रै जिम्मेवारी दिइएको मलेसियाको भनाइ छ।
मलेसियाले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई महत्त्व दिँदै सुरक्षित, मर्यादित र दुवै देशका लागि लाभदायक श्रम आप्रवासनका लागि नेपाली श्रम मन्त्रालयसँग समन्वय गर्ने प्रतिबद्धता पनि जनाएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!