चर्चामा
धनकुटा । बंगालको खाडीमा विकसित चक्रवातको प्रभावले भारी वर्षा र हावाहुरीको सम्भावना बढेपछि धनकुटा प्रशासनले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय धनकुटाका अनुसार कात्तिक १२ देखि १४ गतेसम्म चट्याङ, हावाहुरीसहित भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनका आधारमा प्रशासनले सावधानी अपनाउन अनुरोध गरेको प्रशासकीय अधिकृत रामजी पौडेलले बताए।
सम्भावित वर्षाले बाढी, पहिरो र डुबानको जोखिम बढाउन सक्ने भएकाले प्रशासनले धान काट्ने तथा भित्र्याउने काम नगर्न, उच्च पहाडी र हिमाली क्षेत्रमा पर्यटक नजान तथा जोखिमयुक्त स्थानमा रहेका व्यक्तिलाई सुरक्षित रहन आग्रह गरेको छ।
भारी वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र जोखिमयुक्त सडकमा सवारी नचलाउन पनि प्रशासनले अनुरोध गरेको छ।
स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। प्रशासनले आधिकारिक मौसम पूर्वानुमान तथा चेतावनीको पालना गर्न र विपद्का घटना भएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउनसमेत आग्रह गरेको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!