चर्चामा
वासिङ्टन डीसी । अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा सङ्घीय निर्वाचन आयोग (एफईसी) को अनलाइन फाइलिङ प्रणालीमा साइबर अवरोध उत्पन्न भएको छ। यसका कारण राजनीतिक दल तथा समितिहरूलाई अनिवार्य चुनावी खर्च विवरण बुझाउन समस्या भएको छ।
रोयटर्सका अनुसार प्रणालीमा अनधिकृत प्रवेशको प्रयासपछि आयोगले अनलाइन सेवा अस्थायी रूपमा बन्द गरेको हो। प्राविधिक टोलीले सेवा पुनः सञ्चालन गर्न काम गरिरहेको आयोगले जनाएको छ।
प्रणालीमा आएको अवरोधका कारण २४ र ४८ घण्टाभित्र बुझाउनुपर्ने चुनावी खर्च विवरण दर्ता गर्न समस्या भएको छ। यद्यपि, यसअघि सार्वजनिक गरिएका विवरण भने आयोगको वेबसाइटमा हेर्न सकिनेछ।
एफईसीले उम्मेदवार तथा राजनीतिक समितिहरूको चुनावी खर्चको अभिलेख राख्ने जिम्मेवारी सम्हाल्छ। तर, आयोगले प्रत्यक्ष रूपमा मतदान प्रक्रिया सञ्चालन नगर्ने भएकाले यो घटनाबाट मतदाताको मतदान गर्ने अधिकारमा असर पर्ने अपेक्षा गरिएको छैन।
अमेरिकामा हुने मध्यावधि निर्वाचनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीका लागि महत्त्वपूर्ण मानिएको छ। निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका करिब एकतिहाइ सिटका लागि प्रतिस्पर्धा हुँदैछ।
यसैबीच, सीबीएस न्युजले सार्वजनिक गरेको सर्वेक्षणमा मुद्रास्फीति, बढ्दो मूल्य र आर्थिक समस्यालाई अमेरिकी मतदाताले प्रमुख चासोका विषयका रूपमा लिएको उल्लेख छ। अक्टोबर २१ देखि २३ सम्म २ हजार ३५५ अमेरिकी वयस्कबीच गरिएको सर्वेक्षणले निर्वाचनमा मतदाताको सहभागिता पनि महत्त्वपूर्ण हुने सङ्केत गरेको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!