मिठाईमा प्रयोग हुने तेल, घिउ र मूल्य खुलाउन कञ्चनपुर प्रशासनको निर्देशन

मिठाईमा प्रयोग हुने तेल, घिउ र मूल्य खुलाउन कञ्चनपुर प्रशासनको निर्देशन

कञ्चनपुर । तिहार र छठ पर्व नजिकिँदै गर्दा मिठाईको कारोबार बढ्ने समयमै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई व्यवसायीलाई उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, मूल्य र उपभोग्य मिति अनिवार्य रूपमा खुलाउन निर्देशन दिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले सूचना जारी गर्दै मिठाईमा प्रयोग गरिने तेल तथा घिउको प्रकार, उत्पादनमा मिसाइएका मुख्य कच्चा पदार्थ, मूल्य र उपभोग गर्न मिल्ने अन्तिम मिति ग्राहकले स्पष्ट देख्ने गरी राख्न आग्रह गरेका हुन्।

प्रशासनका अनुसार उपभोक्ताको स्वास्थ्य सुरक्षा र हित संरक्षणका लागि खाद्य पदार्थबारे आवश्यक जानकारी उपलब्ध गराउनु व्यवसायीको दायित्व हो। त्यसैले मिठाई पसल तथा उत्पादनस्थलमा ग्राहकले सहजै देख्न सक्ने स्थानमा आवश्यक विवरण र मूल्यसूची राख्नुपर्नेछ।

प्रशासनले बुधबारदेखि निर्देशन पालना नगर्ने व्यवसायीमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

तिहार तथा छठ पर्वमा मिठाईको खपत सामान्य समयभन्दा बढी हुने भएकाले प्रशासनले व्यवसायीलाई खाद्य स्वच्छता कायम राख्न र उपभोक्ताको स्वास्थ्यप्रति जिम्मेवार बन्न आग्रह गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP