सुदूरपश्चिम रोयल्समा श्रीलङ्काका अलराउन्डर थरिन्दु रथ्नायके अनुबन्ध

सुदूरपश्चिम रोयल्समा श्रीलङ्काका अलराउन्डर थरिन्दु रथ्नायके अनुबन्ध

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले श्रीलङ्काका अलराउन्डर थरिन्दु रथ्नायकेलाई अनुबन्ध गरेको छ। टोलीले विदेशी खेलाडीका रूपमा रथ्नायकेलाई भित्र्याएको हो।

३० वर्षीय रथ्नायके बायाँहाते ब्याटिङ र दायाँहाते अफब्रेक बलिङ गर्ने खेलाडी हुन्। उनले श्रीलङ्काको राष्ट्रिय टोलीबाट टेस्ट तथा टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्।

एनपीएलको तेस्रो संस्करणका लागि सुदूरपश्चिमले विदेशी खेलाडी अनुबन्ध गर्ने क्रमलाई निरन्तरता दिएको छ। यसअघि टोलीले स्कटल्यान्डका ब्रान्डन म्याकमुलेन, न्युजिल्यान्डका स्कट कुगेलिन र इंग्ल्यान्डका सैफ जैबलाई पनि अनुबन्ध गरिसकेको छ।

सुदूरपश्चिम रोयल्सले अघिल्ला दुई संस्करणमा उपविजेताको रूपमा प्रतियोगिता टुङ्ग्याएको थियो। तेस्रो संस्करणमा उपाधि जित्ने लक्ष्यसहित टोलीले घरेलु तथा विदेशी खेलाडी समेटेर तयारी गरिरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP