भरतपुरमा कात्तिक १४ गते 'कमेडी उत्सव', चर्चित हास्य कलाकारले हँसाउने

भरतपुरमा कात्तिक १४ गते 'कमेडी उत्सव', चर्चित हास्य कलाकारले हँसाउने

चितवन । नेपाली हास्य मनोरञ्जनका चर्चित कलाकारहरूको प्रस्तुतिमा चितवनको भरतपुरमा 'कमेडी उत्सव २०८३' आयोजना हुने भएको छ। ग्लेज इन्टरटेनमेन्टको आयोजनामा कात्तिक १४ गते भरतपुरस्थित होटल पौवामा कार्यक्रम हुन लागेको हो।

उत्सवमा सुमन कार्की, सुवोध गौतम, मेक्सम गौडेल, प्रभात लामा, सीता न्यौपाने र कैलाश कार्कीलगायतका कलाकारले हास्य प्रस्तुति दिनेछन्।

नेपाली हास्य मनोरञ्जनलाई देशका विभिन्न सहरसम्म पुर्‍याउने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको ग्लेज इन्टरटेनमेन्टका अध्यक्ष विक्रम भण्डारीले जानकारी दिए। उनका अनुसार देशका प्रमुख ६ सहरमा कार्यक्रम सञ्चालन हुनेछ।

कात्तिक ११ गते नेपालगञ्जबाट सुरु हुने उत्सव कात्तिक १३ गते बुटवल, १४ गते चितवन, १५ गते पोखरा, १७ गते बर्दिवास र १९ गते इटहरीमा आयोजना हुनेछ।

आयोजकका अनुसार उत्सवले स्थानीय दर्शकलाई आफ्नै सहरमा चर्चित हास्य कलाकारका प्रस्तुति हेर्ने अवसर प्रदान गर्नुका साथै नेपाली कमेडी संस्कृतिको प्रवर्द्धनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागी हुन इच्छुक दर्शकले इसेवामार्फत टिकट लिन सक्ने आयोजकले जनाएको छ

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP