चर्चामा
काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पाँच पाण्डव’को गीत ‘दाजु भाइजस्ता हुँदैनन् अरू’ सार्वजनिक गरिएको छ। कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने फिल्मको गीतमा सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर तथा अर्जुन पोखरेलको संगीत रहेको छ।
डा. कृष्णहरि बरालले लेखेको गीतले दाजुभाइबीचको आत्मीयता, आपसी विश्वास र एकताको भावलाई प्रस्तुत गरेको छ। गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा फिल्मका मुख्य कलाकार हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी र सुशील सिटौला दाजुभाइका रूपमा देखिएका छन्।
भिडियोमा युधिष्ठिरको भूमिकामा रहेका हरिवंश आचार्य स्वर्गलोकबाट आफ्ना भाइहरूको खोजीमा पृथ्वीलोक आएको दृश्य समेटिएको छ।
वसन्त निरौलाको निर्देशनमा बनेको 'पाँच पाण्डव' दाजुभाइबीचको सम्बन्धमा आधारित सामाजिक कथानक फिल्म हो। काली रानी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ र निर्माता काली रानी श्रेष्ठ हुन्।
सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको फिल्मले महाभारतका पाँच पाण्डवका चरित्र र विम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्ने लेखक पौडेलले बताएका छन्।
फिल्ममा हरिवंश, जितु, आर्यन, महेश र सुशीलका अतिरिक्त दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरीलगायत कलाकारको अभिनय छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!