ओशो वेणुवनमा ज्ञानेन्द्र शाही, लेखे- 'जीवन र जिन्दगीभन्दा केही पर'

ओशो वेणुवनमा ज्ञानेन्द्र शाही, लेखे- 'जीवन र जिन्दगीभन्दा केही पर'

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाही धादिङस्थित ओशो वेणुवन पुगेका छन्। त्यहाँ पुगेपछि उनले सामाजिक सञ्जालमा 'जीवन र जिन्दगीभन्दा केही पर। अनजानजस्तै एउटा संसार' लेख्दै आफ्नो अनुभूति साझा गरेका छन्।

राजनीतिक गतिविधिमा सक्रिय रहने शाहीको ध्यान र साधनाको थलोमा खिचिएको तस्बिर सार्वजनिक भएपछि उनको भ्रमणले चर्चा पाएको छ। उनले आफ्नो पोस्टमार्फत त्यहाँको अनुभव व्यक्त गरेका छन्।

ओशो वेणुवन योग, ध्यान र आध्यात्मिक साधनाका लागि परिचित स्थल हो। राजनीतिक व्यस्तता र सार्वजनिक जीवनको चहलपहलबाट केही समय अलग भएर शान्त वातावरणमा पुग्ने क्रममा शाहीले यस्तो अनुभूति व्यक्त गरेको देखिन्छ।

उनको तस्बिरमा सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न प्रतिक्रिया दिएका छन्। कतिपयले उनको भ्रमणप्रति टिप्पणी गरेका छन् भने केही प्रतिक्रियामा आलोचनासमेत देखिएको छ।

यसअघि पनि खगेन्द्र सुनार र सीके राउतलगायतका व्यक्तिहरू ओशो तपोवन पुगेर आफ्ना अनुभव सार्वजनिक गरेका थिए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छठ मनाउन कांग्रेस सभापति गगन थापा सर्लाहीमा
10 घण्टा अगाडि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन आइतबार सर्लाही पुगेका छन्। उनी सिमरा विमानस्थल ...

छुटाउनुभयो कि ?

TOP