चर्चामा
काठमाडौं । हिम पर्वत हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले जारी पुँजीको ३५ प्रतिशत अर्थात् ५९ लाख १५ हजार कित्ता सेयर सर्वसाधारण समूहमा बिक्री गर्न लागेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको आधारमा निष्कासन गर्न लागेको सेयरमध्ये १६ लाख ९० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको छ। यसअन्तर्गत दोलखाको बिगु र कालिञ्चोक गाउँपालिकाका बासिन्दाले आवेदन दिन सक्नेछन्। स्थानीयका लागि आवेदन दिने समय छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर १० गतेसम्म तोकिएको छ।
स्थानीय बासिन्दाले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन्।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता सेयर छुट्याइएको छ। उनीहरूले छिटोमा कात्तिक १६ गतेदेखि र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। विदेशमा रहेका नेपालीले मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटलले सम्हालेको छ।
हिम पर्वत हाइड्रोपावरले इक्रा नेपालबाट ‘बीबी प्लस’ रेटिङ पाएको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ।
कम्पनीले दोलखामा २० मेगावाट क्षमताको साँगुखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। उक्त आयोजनाको प्रतिमेगावाट लागत १८ करोड २५ लाख रुपैयाँ रहेको छ भने साधारण लगानी फिर्ता अवधि ६.०९ वर्ष छ।
कम्पनीको गत आर्थिक वर्षसम्मको प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ र प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४८ पैसा रहेको छ। त्यस्तै, सञ्चित नाफा १६ करोड ५२ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।
कम्पनीले ५.५ मेगावाट क्षमताको साँगुखोला-१ आयोजना पनि निर्माण गरेको छ। उक्त आयोजनाको प्रतिमेगावाट लागत २० करोड ९१ लाख रुपैयाँ रहेको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!