एसईई २०८४ का लागि कक्षा ९ को रजिस्ट्रेसन खुल्यो, यस्तो छ समयसीमा

एसईई २०८४ का लागि कक्षा ९ को रजिस्ट्रेसन खुल्यो, यस्तो छ समयसीमा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई २०८४ मा सहभागी हुने विद्यार्थीका लागि कक्षा ९ को रजिस्ट्रेसन फारम भर्ने र एसईईको परीक्षा आवेदन दिने सम्बन्धमा सूचना जारी गरेको छ।

बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा नियमित अध्ययनरत विद्यार्थीले कात्तिक ९ देखि मङ्सिर १३ गतेसम्म रजिस्ट्रेसन फारम भरिसक्नुपर्नेछ। रजिस्ट्रेसनका लागि प्रतिविद्यार्थी ३०० रुपैयाँ शुल्क तोकिएको छ।

त्यस्तै, एसईई २०८४ मा सहभागी हुने नियमित, खुला तथा प्राविधिक धारका विद्यार्थीले परीक्षा आवेदन फारम पनि भर्नुपर्नेछ। त्यसका लागि कात्तिक १ देखि मङ्सिर ८ गतेसम्मको समय तोकिएको छ। परीक्षा आवेदन फारम भर्दा प्रतिविद्यार्थी ५०० रुपैयाँ दस्तुर बुझाउनुपर्ने बोर्डले जनाएको छ।

बोर्डले सम्बन्धित विद्यालयलाई तोकिएको समयभित्र विद्यार्थीको रजिस्ट्रेसन तथा परीक्षा आवेदन फारम भराई आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। विद्यार्थीले पनि निर्धारित समयसीमाभित्र फारम भरेको सुनिश्चित गर्नुपर्नेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP