चर्चामा
काठमाडौं । अनलाइन प्रणालीको सुरक्षा अद्यावधिक गर्नुपर्ने भएपछि पाठ्यक्रम विकास केन्द्रले समकक्षता प्रमाणपत्र वितरणसम्बन्धी सेवा अस्थायी रूपमा बन्द गरेको छ।
केन्द्रका अनुसार राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सम्बन्धित प्रणालीमा सुरक्षा कमजोरी भेटिएको भन्दै जरुरी साइबर सुरक्षा एडभाइजरी जारी गरेपछि अनलाइन समकक्षता प्रणालीमा सुरक्षा सुधारको काम भइरहेको हो।
प्रणालीलाई थप सुरक्षित र मजबुत बनाउने उद्देश्यले प्राविधिक अद्यावधिक गरिएकाले हाललाई समकक्षतासम्बन्धी सेवा रोकिएको केन्द्रले जनाएको छ।
प्राविधिक काम सम्पन्न हुनासाथ सेवा पुनः सञ्चालनमा ल्याइने केन्द्रको भनाइ छ। सेवा अस्थायी रूपमा बन्द हुँदा सेवाग्राही तथा सरोकारवालामा पर्न गएको असुविधाप्रति केन्द्रले क्षमासमेत मागेको छ।
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!