चर्चामा
काठमाडौं । बागमती प्रदेशका १० जिल्लामा यस वर्षको दसैँ अवधिमा सडक दुर्घटनाको सङ्ख्या घटे पनि दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या भने बढेको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका अनुसार असोज २५ देखि कात्तिक ८ गतेसम्म प्रदेशका १० जिल्लामा १२५ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने २९३ जना घाइते भएका छन्।
गत वर्षको सोही अवधिमा १३५ वटा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो भने ३३२ जना घाइते भएका थिए। यस वर्ष दुर्घटना र घाइतेको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्या तीन गुणा बढेको देखिन्छ।
यस वर्ष मोटरसाइकल दुर्घटना प्रमुख चिन्ताको विषय बनेको प्रहरीले जनाएको छ। दसैँ अवधिमा मोटरसाइकलसँग सम्बन्धित ९८ वटा दुर्घटना भएका छन्, जसमा आठ जनाले ज्यान गुमाएका छन्।
प्रहरीले तीव्र गति, लापरबाही र ट्राफिक नियम उल्लङ्घनजस्ता जोखिमप्रति सचेत रहन चालकलाई आग्रह गरेको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!