भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’को प्रहार, १ लाख ८० हजार मानिस सुरक्षित स्थानमा सारिए

भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’को प्रहार, १ लाख ८० हजार मानिस सुरक्षित स्थानमा सारिए

एजेन्सी । भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा शक्तिशाली चक्रवात ‘अर्नब’ प्रवेश गरेपछि ठूलो सङ्ख्यामा मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। चक्रवातका कारण बाढी, यातायात अवरोध र भौतिक क्षतिको जोखिम बढेको अधिकारीहरूले बताएका छन्।

समाचार संस्था अलजजिराका अनुसार चक्रवातको जोखिम रहेका क्षेत्रबाट करिब १ लाख ८० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। तीव्र हावा र भारी वर्षाले केही क्षेत्रमा जनजीवन प्रभावित बनाएको छ।

चक्रवातका कारण हवाई तथा रेल सेवामा समेत अवरोध आएको छ। उद्धार तथा राहत टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको छ भने स्थानीय प्रशासनले नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

चक्रवातको प्रभाव कम भएपछि अवरुद्ध सडक खुलाउने, विद्युत् सेवा पुनःस्थापना गर्ने र प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउने कामलाई प्राथमिकता दिइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP