रेडक्रसको ब्लड बैंकमा रगतको मौज्दात सकियो, रक्तदान गर्न अपिल

रेडक्रसको ब्लड बैंकमा रगतको मौज्दात सकियो, रक्तदान गर्न अपिल

काठमाडौं । अस्पतालमा उपचाररत बिरामीका लागि आवश्यक रगतको अभाव हुन थालेपछि नेपाल रेडक्रस सोसाइटीले सर्वसाधारणलाई तत्काल रक्तदान गर्न अपिल गरेको छ।दसैँ बिदाका कारण रक्तदान कार्यक्रम घट्नु र अस्पतालमा रगतको माग बढ्नुले केन्द्रीय रक्तसञ्चार सेवामा रगत तथा विभिन्न रक्तअवयवको मौज्दात सकिएको रेडक्रसले जनाएको छ।केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवले अन्तिमपटक रक्तदान गरेको तीन महिना पूरा भएका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष पुगेका स्वस्थ व्यक्तिलाई रक्तदान गर्न आग्रह गरेका छन्।

रक्तदान गर्न वा रगतसम्बन्धी जानकारी लिन केन्द्रीय रक्तसञ्चार सेवाको ०१-५३८८४८५, ०१-५३८८४८६ वा निःशुल्क हटलाइन ११३० मा सम्पर्क गर्न सकिने रेडक्रसले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP