चर्चामा
काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउँदै सस्ता प्याकेज हटाउन थालेपछि कम मूल्यमा इन्टरनेट खोज्ने ग्राहक नेपाल टेलिकमको ‘एनटी फाइबर’तर्फ आकर्षित भएका छन्। वार्षिक ४ हजार ९ सय ९९ रुपैयाँमा ३० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउने टेलिकमको अफरमा ग्राहकको चासो बढेको हो।
नेपाल टेलिकमका अनुसार नयाँ फाइबर इन्टरनेट जडानको माग तीन गुणासम्म बढेको छ। यसअघि साउन र भदौमा मासिक औसत तीन हजार नयाँ जडान हुँदै आएकोमा असोजमा यो संख्या बढेर ६ हजार पुगेको कम्पनीले जनाएको छ।
ग्राहकको चाप बढेपछि टेलिकमले सोधपुछ तथा जडान प्रक्रियालाई सहज बनाउन हटलाइन र अनलाइन पोर्टलको व्यवस्था गरेको छ। तर, ग्राहक सहायता सेवामा ढिलाइ, इन्टरनेटको गुणस्तर र पुराना राउटर वितरणबारे केही प्रयोगकर्ताले गुनासो गरेका छन्।
टेलिकमले भने ग्राहकको बढ्दो माग धान्न पर्याप्त नेटवर्क क्षमता रहेको र सेवाको गुणस्तरमा सम्झौता नगरिएको जनाएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!