चर्चामा
काठमाडौ ।भारतको पूर्वी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि पर्ने सम्भावना देखिएको छ। चक्रवातको अप्रत्यक्ष प्रभावका कारण बिहीबारदेखि नेपालको मौसममा फेरबदल हुने र आगामी दुई दिन वर्षा तथा हिमपातको जोखिम बढ्ने अनुमान गरिएको छ।
बिहीबार बिहानसम्म काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम बदली भएको छ। दिउँसो केही स्थानमा बादल लाग्ने र साँझदेखि वर्षाको सम्भावना बढ्ने पूर्वानुमान गरिएको छ।
चक्रवातको प्रभावका कारण विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा हुन सक्ने सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र भारी वर्षाको जोखिमसमेत रहेको छ।
मौसम प्रतिकूल हुने सम्भावनालाई ध्यानमा राख्दै सम्बन्धित निकायले उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेका छन्। विशेषगरी कात्तिक १२ देखि १४ गतेसम्म हिमाली क्षेत्रमा यात्रा गर्दा जोखिम हुन सक्ने भएकाले पर्यटक तथा स्थानीयलाई सतर्क रहन अनुरोध गरिएको छ।
यसैबीच, सम्भावित विपदबाट जोगिन नदी तथा खोलानालाको आसपास बसोबास गर्ने नागरिकलाई सतर्क रहन र मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन आग्रह गरिएको छ।
भारतमा चक्रवातका कारण ठूलो क्षति भएपछि नेपालमा पनि यसको सम्भावित प्रभावलाई लिएर विपद् व्यवस्थापन निकायहरू सतर्क रहनुपर्ने देखिएको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!