चर्चामा
जनकपुरधाम । सिरहाको औरही गाउँपालिकाबाट प्रहरीले ८४ किलो ५९० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा औरही गाउँपालिका–२ तुलसीपुरका ५३ वर्षीय छेदी दास र बरियारपट्टी गाउँपालिका-३ शिवनगरका ६५ वर्षीय शंकर यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति करिब ११ बजे औरही गाउँपालिका-२ स्थित देउरीपट्टी स्कुल नजिकैबाट उनीहरू पक्राउ परेका हुन्।
प्रहरी चौकी हकपाराबाट गस्तीमा खटिएको टोलीले उत्तरबाट दक्षिणतर्फ कालो प्लास्टिकका पोका बोकेर हिँडिरहेका उनीहरूलाई शंकास्पद अवस्थामा देखेपछि जाँच गर्न खोजेको थियो। प्रहरीलाई देखेपछि भाग्न खोजेका दुवै जनालाई नियन्त्रणमा लिएर पोका जाँच गर्दा पाँचवटा पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार बरामद गाँजाको तौल ८४ किलो ५९० ग्राम रहेको छ।
बरामद गाँजासहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!