चर्चामा
काठमाडौं । सिरहाको मार्डरमा प्रहरीले हवाई फायर गरेर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। उनीहरू लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीको प्रारम्भिक जानकारी छ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ परेका उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोटरसाइकल बरामद गरिएको छ।
बिहीबार बिहान गस्तीमा खटिएको प्रहरी टोलीलाई देखेपछि उनीहरू भाग्न खोजेका थिए। त्यसपछि प्रहरीले एक राउन्ड हवाई फायर गरी दुवै जनालाई नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन आइतबार सर्लाही पुगेका छन्। उनी सिमरा विमानस्थल ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!