चर्चामा
पोखरा । कास्की कारागारबाट बिजुली मर्मतका लागि राखिएको भर्याङ चढेर फरार भएका कैदी सन्तोष जलारी पक्राउ परेका छन्। कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा जन्मकैदको सजाय भोगिरहेका ३७ वर्षीय जलारी असोज ३१ गते राति कारागारबाट भागेका थिए।
प्रहरीका अनुसार जलारीले एक महिनाअघिदेखि भाग्ने योजना बनाएका थिए। कारागारभित्र पसलसमेत सञ्चालन गर्दै आएका उनले बिजुली मर्मतका लागि राखिएको भर्याङ प्रयोग गरी फरार भएको अनुसन्धानबाट खुलेको छ। उनलाई कात्तिक ३ गते पोखराकै एक होटलबाट प्रहरीले पक्राउ गरेको थियो।
कारागार ऐनसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!