मकवानपुरमा सुपथ मूल्यको खाद्यान्न बिक्रीबाट आठ लाखभन्दा बढीको कारोबार

मकवानपुरमा सुपथ मूल्यको खाद्यान्न बिक्रीबाट आठ लाखभन्दा बढीको कारोबार

बागमती । चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मकवानपुरले सञ्चालन गरेको सुपथ मूल्यको खाद्यान्न बिक्रीबाट आठ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

सरकारको निर्देशनअनुसार गत असोज १ गतेदेखि कार्यालयबाट नुन, चिनी, तेल र मैदा छुट मूल्यमा बिक्री हुँदै आएको थियो। दसैँ बिदाको अवधिसम्म आठ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न बिक्री भएको कार्यालय प्रमुख मधुसुधन अधिकारीले जानकारी दिए।

उनका अनुसार सर्वसाधारणलाई समान रूपमा छुट उपलब्ध गराउने उद्देश्यले प्रतिव्यक्ति छ पोका नुन, छ किलो चिनी, पाँच लिटर तेल र पाँच किलो मैदा उपलब्ध गराइएको थियो।

बजार मूल्यभन्दा चिनीमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा दुई रुपैयाँ, मैदामा सात रुपैयाँ र तेलमा प्रतिलिटर सात रुपैयाँ छुट दिइएको कार्यालयले जनाएको छ।

यस अवधिमा ५० किलोका ६० बोरा चिनी, १० क्विन्टल नुन, सात क्विन्टल मैदा र ५०० लिटर तेल बिक्री भएको छ।

चाडपर्वका बेला सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्यमा खाद्यान्न बिक्री गरिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छठ मनाउन कांग्रेस सभापति गगन थापा सर्लाहीमा
10 घण्टा अगाडि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन आइतबार सर्लाही पुगेका छन्। उनी सिमरा विमानस्थल ...

छुटाउनुभयो कि ?

TOP