चर्चामा
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका-८ इपास्थित देउरालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५८ वर्षीया लीला खत्री रहेकी छन्।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार इपाबाट भीमफेदी हुँदै हेटौँडातर्फ आउँदै गरेको बा २ ख ९४३० नम्बरको बसबाट ओर्लिएर सडक पार गर्ने क्रममा सोही बसले उनलाई ठक्कर दिएको थियो। ठक्करबाट खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ। मृतकको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याउने तयारी गरिएको जनाइएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!