चर्चामा
काठमाडौँ, कात्तिक १२ । दशैँमा चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दिएका छन्।
श्रम ऐन, २०७४ अनुसार प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्ने व्यवस्था छ। एक वर्ष सेवा अवधि पूरा नगरेका श्रमिकलाई काम गरेको अवधिको अनुपातमा रकम दिनुपर्ने कानुनी प्रावधान छ।
विभागका महानिर्देशक चक्रपाणी पाण्डेका अनुसार उजुरीपछि रोजगारदाता तथा विभिन्न व्यावसायिक संस्थालाई कानुनअनुसार चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिइएको छ।
यसैबीच, चाडपर्व खर्च नपाएको गुनासोपछि रुपन्देहीस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले २४० जना कर्मचारीलाई ४२ लाख ५४ हजार रुपैयाँ भुक्तानी गरेको विभागले जनाएको छ।
विभागका अनुसार चाडपर्व खर्चबाहेक न्यूनतम पारिश्रमिक र नियमित तलब नपाएको गुनासोसमेत आउने गरेको छ। श्रमिकले कानुनअनुसार पाउनुपर्ने सुविधा उपलब्ध गराउनु रोजगारदाताको दायित्व रहेको विभागले जनाएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!