चर्चामा
सुर्खेत, कात्तिक १२ । अर्नव चक्रवात र पश्चिमी वायुको प्रभावले कर्णाली प्रदेशका हिमाली जिल्लासहित देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसम-जलवायु विज्ञान कार्यालय सुर्खेतका अनुसार कात्तिक १२ देखि १४ गतेसम्म मौसम प्रभावित हुन सक्नेछ। हुम्लाका केही स्थानमा हावाहुरीसहित मध्यम तथा कतिपय स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ। उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै हुम्ला र डोल्पा जिल्ला प्रशासन कार्यालयले किसानलाई बाली काटेर सुरक्षित भण्डारण गर्न तथा पर्यटक र पदयात्रीलाई उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न आग्रह गरेका छन्।
त्यस्तै, उच्च चरन क्षेत्रमा रहेका पशुचौपाया, गोठाला र जडीबुटी सङ्कलनमा गएका व्यक्तिलाई सुरक्षित स्थानमा सर्न अनुरोध गरिएको छ। सम्भावित वर्षाका कारण बाढी, पहिरो र हिमपहिरोको जोखिमसमेत रहेकाले मौसमको अद्यावधिक सूचना लिएर मात्र यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!