एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिताबारे पीसीबीसँग कुरा गर्ने शोएब अख्तरको भनाइ

एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिताबारे पीसीबीसँग कुरा गर्ने शोएब अख्तरको भनाइ

काठमाडौं, कात्तिक १२ । पाकिस्तानी क्रिकेटका पूर्वस्टार शोएब अख्तरले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडी सहभागी हुन नपाएको विषयमा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) सँग कुरा गर्ने बताएका छन्।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान अवलोकनपछि नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसँग कुरा गर्दै अख्तरले यस घटनाले आफूलाई दुःखी बनाएको बताए। उनले नेपाली क्रिकेटप्रतिको दर्शकको उत्साह र बढ्दो पूर्वाधारबारे पनि पीसीबीलाई जानकारी गराउने बताएका छन्।

पीसीबीले विदेशी लिग खेल्न अनुमति माग्ने आफ्ना खेलाडीसँग २५ हजार अमेरिकी डलर माग्ने सर्त राखेपछि एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा परेको थियो। त्यसकै कारण कर्णाली याक्सबाट खेल्ने तयारीमा रहेका पाकिस्तानी टी-२० कप्तान शाहिबजादा फरहान नेपालबाट फर्कन बाध्य भएका थिए।

एनपीएलका खेल हेर्न कीर्तिपुर पुगेका अख्तरले नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको बताउँदै नेपाली क्रिकेटलाई सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धतासमेत जनाएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP